अमेरिकी विदेशमन्त्री ब्लिंकेन बेइजिङमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन चीन पुग्नु भएको छ ।

दुई देशबीच तनाव बढिरहेको बेला विदेशमन्त्री ब्लिंकेन बेइजिङ पुग्नुभएको हो । पछिल्लो पाँच वर्षमा अमेरिकाबाट चीनमा भएको यो नै उच्च स्तरीय भ्रमण हो । ब्लिंकने पाँच महिना अघि नै बेइजिङ आउने तय भएकोमा अमेरिकी आकाशमा चिनियाँ जासुस बलुन उडाइएको खुलासा भएपछि भ्रमण पछि धकेलिएको थियो ।

भ्रमणका एजेण्डा थुप्रै भए पनि अमेरिकी अधिकारीहरुले खाशै ठूला उपलब्धि हुने अपेक्षा गरेका छैनन । ब्लिंकेनले चिनियाँ विदेशमन्त्री छिङ काङ र पूर्व विदेशमन्त्री वाङ यीलगायतसंग भेटवार्ता गर्ने बताइएको छ । रुस–युक्रेन युद्धमा रुसको पक्षमा बलियो गरी उभिएको चीनसंगको सम्बन्ध कसरी टिकाउने भन्ने रणनीतिमा अमेरिका छ ।

Comments are closed.