काठमाडौँ / प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने सो बैठक ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ ।
जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ।प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल सकिएको थियो ।
Comments are closed.