गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको गीतमा अभिनय गरेपछि एकाएक चर्चामा आएकी मोडल कुुसुम शर्माले फिल्ममा डेब्यू गर्ने भएकी छिन् ।
उनले, निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जिवनी’बाट डेब्यू गर्न लागेकी हुन् । निर्देशक श्रेष्ठले फिल्मको पोष्टर सार्वजनिक गर्दै फिल्म निर्माण हुन लागेको जानकारी गराएका हुन् ।
यो फिल्ममा नायक आर्यन सिग्देल र मोडल कुसुम शर्मा मुख्य भूमिकामा रहनेछन् । साथमा फिल्ममा नायिका श्रद्धा क्षेत्री, कलाकार अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठको मुख्य भूमिका रहनेछ । निर्देशक श्रेष्ठका अनुसार यो फिल्मलाई लभ स्टोरी कथामा निर्माण गरिनेछ ।
फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्देशकको छ । फिल्मले प्रेममा उमेर बाधक बन्छ या बन्दैन भन्ने कथालाई उठान गरिने निर्माणपक्षले बताएको छ ।
निर्देशक श्रेष्ठले ‘शकुन्तला, चि मुसी चि’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । म्युजिक भिडियोबाट निकै कम मात्र मोडलहरु फिल्मको यात्रामा छन् । यसैले, एउटै म्युजिक भिडियोबाट चर्चामा आएकी मोडल कुसुम शर्माले फिल्मसम्मको यात्रा गर्नु उनको करिअरका लागि सुखद कुरा हो
Comments are closed.