आइएमई पेको नयाँ अफर, १४ रुपैयाँमा आईफोन १४ जित्ने मौका

काठमाडौं । डिजिटल वालेट आइएमई पेले ‘रु १४ मा आईफोन १४’ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।

यो अफरमा सहभागी हुन प्रयोगकर्ताले १४ रुपैयाँको टिकेट खरिद गर्नुपर्छ । टिकेट खरिद गर्दा खर्च भएको उक्त रकम विजेता घोषणा भएको हप्ता सबै प्रयोगकर्ताको अकाउन्टमा फिर्ता हुने कम्पनीले जनाएकाे छ । “जति धेरै पटक अफरमा सहभागी भयो, त्यति नै आईफोन जित्ने सम्भावना हुन्छ,” कम्पनीले भनेकाे छ ।

‘रु १४ मा आइफोन १४’ अफरमा कसरी सहभागी हुने ?

– सबैभन्दा पहिले आइएमई पे एप खोल्नुहोस् ।

त्यसपछि होमपेजको इभेन्ट सेक्सनमा रहेको ‘रू १४ मा IPHONE 14’ लेखिएको ब्यानरमा थिच्नुहोस् ।

– अनि, प्रडक्टको बक्समा ट्याप गरी ‘आईफोन १४’ (IPHONE 14) को अप्सन छान्नुहोस् ।

– यति गरेपछि तल रकम आफैं छनोट हुन्छ ।

– र, अन्तिममा दायाँपट्टि फर्किएको एर्रोमा ट्याप गर्नुहोस् ।

– अनि, फेरि अर्को पेजमा रहेको आइएमई पे वालेटको अन्तिमको एर्रोमा ट्याप गर्नुहोस् । र, पिन नम्बर राखेर कन्फर्म गर्नुहोस् ।

– यति गरेपछि तपाईं सो अफरमा सहभागी हुन सक्नुहुन्छ । यसरी आफूलाई जति पटक लाग्यो त्यति नै पटक अफरमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

विजेताको नाम असार ३१ गते आइएमई पेको सामाजिक सञ्जालबाट सार्वजनिक हुने कम्पनीले जानकारी दिएकाे छ । #Techpana

Comments are closed.