म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए ।
“बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ”, उनले भने “चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।”
गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए । रु ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
Trending Now
- Nepal Floods | Death toll rises to 170 after torrential rainfall-induced landslide and flooding sweeps across the country
- Players to earn Rs 7.5 lakh per game in IPL 2025: BCCI secretary Jay Shah
- Anil Kapoor Shines at IIFA 2024, Wins Best Supporting Actor for Animal
- India to build 12 high-impact Nepal projects
- SpaceX crew blasts off to bring back stranded astronauts after Hurricane delay
- IDF Kills Senior Hezbollah Commander Nabil Qaouk in Beirut Airstrike
- Water levels in rivers across Nepal exceed danger mark
- Domestic flights, which had been disrupted for three days, are now back to regular operations
- Death toll from floods and landslides reaches 148
- Korean startup Dtonic, winner of the first edition of South Summit Korea 2024
Comments are closed.