काठमाडौं : जंगली हात्तीको आक्रमणबाट झापाको हल्दीबारीमा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
मंगलबार बिहान ४ बजे हल्दिबारी गाउँपालिका– २ स्थित चिया बगान छेउमा कर्मकार जंगली च्याउ टिप्न गएका थिए। सोही चिया बगानबाट आएको हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा मृत्यु भएको डीएसपी रिजालले बताए।
Comments are closed.