चलचित्र कलाकार संघको उपाध्यक्षमा डीबी बम्जन मनोनीत

काठमाडौँ । चलचित्र कलाकार संघको उपाध्यक्षमा डीबी बम्जन मनोनीत भएका छन् । बिहीबार बसेको संघको कार्यकारी समिति बैठकले बम्जनलाई उपाध्यक्षमा मनोनीत गरेको हो । बैठकले संघकाे कार्यकारी सदस्यमा जयन्त रेग्मीलाई समेत मनोनयन गरेको अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

यो नियुक्तिसँगै चलचित्र कलाकार संघको कार्यसमितिले पूर्णता पाएको छ । २१ जनाको कुल कार्यसमिति हुने संघमा १७ जना निर्वाचित भएका थिए ।

नेपाली फिल्ममा खलपात्रको अभिनयबाट चर्चित बम्जनले ‘धुवाँ यो नशा’बाट अभिनय करियर थालेका थिए । उनले रेलीमाई, हिरो रिटर्न्स, रुमालै छ चिनो, छिरिङ लगायत फिल्म अभिनय गरेका छन्  ।

Comments are closed.