‘प्रधानमन्त्रीको अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण’

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण भएको बताएका छन्। ​प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डको भनाइप्रति कटाक्ष गर्दै थापाले मंगलबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो राजनीतिक क्षेत्र लज्जित भएको भन्दै उनले २०६३ सालपछिको धरातलीय यथार्थ यही भएको उल्लेख गरेका छन् ।

मंगलबार एक सार्वजनिक कार्यक्रममा प्रचण्डले प्रितम सिंहबारे टिप्पणी गर्दै ‘मलाई प्रधानमन्त्री बनाउन धेरैचोटी दिल्ली जानुभयो’ भनेका थिए। प्रचण्डको यो भनाइप्रति थापाले टिप्पणी गरेका हुन्।

“प्रितम सिंहबारे प्रचण्ड : मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो”

प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ।तर,दु:खको कुरा के हो भने,यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो। आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो।

Comments are closed.