बागलुङ, २७ असार
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी कालिगण्डकी गाउँपालिका-७ छापचौर बस्ने २८ वर्षीय बिमल हमाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । हमालले ती महिलालाई बागलुङ नगरपालिका-१ मालढुङ्गास्थित जंगलमा सोमबार जबरजस्ती गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
साथै हमालले जैमिनी नगरपालिका-४ रातोबारी बस्ने याम बहादुर क्षेत्रीको घरबाट विभिन्न सुनका गरगहना र नगद चोरी गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.