काठमाडौँ,। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले दुःखको घडीमा प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचनना भएको छ । पुराना दलको विकल्प भनिएका नेताहरूको अभिव्यक्ति असंवेदनशील हुनु दुःखद भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन पुगेकी उनले दिएको अभिव्यक्ति असंवेदनशील भएको आरोप लागेको हो । तोसिमाको अभिव्यक्तिसम्बन्धी सार्वजनिक भिडियो क्लिप्समा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त ?’ भन्नेलगायतका अभिव्यक्तिहरु दिएकी छन् ।
‘………आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त ? भन्ने प्रश्नहरु पनि आउन सक्छन् । श्रीमानहरु गुमाएका, श्रीमतीहरु गुमाएका छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुखलाई पनि उहाँले सम्झनुपर्छ ।
आफ्नै दुःख सरह बुझनुपर्छ । र त्यसको लागि के गर्नुुपर्छ र कसरी सम्बोधन हुनसक्छ भन्ने कुराचाहिँ प्रधानमन्त्रीको हैसियतमा भइसकेको एउटा राष्ट्रको पिताको रुपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ । नयाँ युगका क्रान्तिमा होमिएका हामीजस्ता एउटा युवा महिलाहरुले पनि उहाँ (सीताबाट) सिक्नुपर्नेचाहिँ कुरा छ ।
Comments are closed.