आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । विनियोजित विधेयकसँगै राष्ट्र ऋण उठाउने विधेयक, २०८० पनि राष्ट्रिय सभाबाट बहुमतले पारित भएको हो ।

राष्ट्रिय सभाबाट बजेट पारित भएसँगै सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसदका दुवै सदनबाट पारित भएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

Comments are closed.