आज २०१० औँ भानु जयन्ति

आज २०१० औं भानु जयन्ति मनाइंदैछ। विश्वभर रहेका नेपालीहरूले बिभिन्न कार्यक्रम तयारी गरेको छ। भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सं. १९२५ असोज नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन्। उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन्। मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए। उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) लगायतका कृतिहरू लेखेका छन्। उनका पाण्डुलिपिहरू लाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन्।

Comments are closed.