बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै मैत्रीपूर्ण खेलको उपाधि नेपाललाई

काठमाडौं । घरेलु टोली बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले लाख लगाउँदै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि आफ्नो हात पारेको छ ।

आइतबार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेल निर्धारित ९० मिनेटमा गोल रहित बराबरीमा सकिएको थियो । गोलरहित बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउट बाट खेलको नतिजा निकालिएको छ । पेनाल्टीमा नेपालले ४–२ गोल अन्तरको जित हात पार्यो ।

नेपालको जितमा गोलकिपर अन्जना राना मगरले उत्कृष्ट खेल देखाइन्। ९० मिनेटमा एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान छिरेकी अन्जनाले बङ्गलादेशकी शेउली अजीम र मारिया मान्डाको प्रहारलाई विफल पार्न सफल भइन्।

तर अपसोच नेपालका लागि स्वयम् अन्जना स्वयंले पेनाल्टीमा गोल गर्न सकिनन्। नेपालका लागि सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही र अनिता केसीले समान एक गोल गरे ।

यसअघि गएको बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्गलादेशले १/१ गोलको बराबरी खेलेका थिए ।

योसँगै नेपालले बङ्गलादेशसँग गएकाे वर्ष काठमाडौंमा भएकाे साफ च्याम्पियनसिपको फाइनलमा हारेको बदला समेत लिएकाे छ । नेपाल साफ फाइनलमा ३–१ गाेलले पराजित भएको थियो ।

Comments are closed.