पाइलट समर्पण कार्की भए ‘मिष्टर नेपाल २०२३’

काठमाडौं : विराटनगरका ३२ समर्पण वर्षिय कार्कीले न्युलुक ‘मिष्टर नेपाल २०२३’ को उपाधि बनेका छन्।

पेसाले पाइलट कार्की १८ प्रतियोगीलाई पछि शीर्ष विजेता बनेका हुन्। युवाको प्रेरणाको श्रोत बन्ने उदेश्यसहित प्रतियोगितामा सहभागी भएका कार्कीले मिष्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे।

प्रतियोगितामा शीर्ष विजेता कार्कीले नगद ५ लाख बराबरको उपहारको अलवा ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन्।

दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा शनिबार अबेर साँझ एक समारोहकाबीच आयोजना भएको प्रतियोगितामा काठमाडौंका निमेश कपाली फष्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा.विजय दुवाडी थर्ड रहनरअफ र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए। रनरअप विजेता कपालीले वेस्ट पर्सनालीटी, श्रेष्ठले मोष्ट ट्यालेन्ट र जिन्सपार्क स्टाइल आइकन, दुवाडीले पब्लिक च्वाइस, लामिछानेले मोष्ट फोटोजेनिक उपाधि समेत हात परे।

अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारी लगायत निर्णायक रहेको प्रतियोगितामा मोष्ट पपुलर रमननाथ गिरी, मिष्टर एक्टिभ र वेस्ट फिजिक प्रेम कुमार यादव, वेस्ट स्किन मिकाज कार्की, वेस्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात परे।
‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो। एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको छ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रुपमा रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए।

स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी प्रशिक्षणसहित प्रतियोगी फाइनलमा उत्रिएका थिए। यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’को नामबाट आयोजना भएको थियो। प्रतियोगीले इन्ट्रोडक्सन राउण्डमा मौलिक संस्कृति झल्किने विभिन्न पोसाक लगाएका थिए। कार्यक्रममा आईईसी कलेज अफ फेशनका २१ र २२ ब्याचका विद्यार्थीले पनि फेसन तयार पारेका थिए। जसको डिजाइनले पनि उतिकै प्रशंसा पाएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।

१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूको सहभागीता रहने प्रतियोगितामा ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिक प्रतियोगीको रुपमा थिए। प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको प्रतियोगितामा विभिन्न सांगीतिक प्रस्तुतिले रौनक थपेको थियो। प्रतियोगिता विगतको भन्दा अझ भव्य हुने आयोजकको दाबी छ।

Comments are closed.