साताको राशिफल:- श्रावण १३ गतेदेखि देखि १९ गतेसम्म

 

मेष
(चु चे चो ला लि लु ले लो अ)–यो साता ज्ञान् विवेकमा वृद्धि हुनेछ।धैर्यतामा वृद्धि हुनेछ।आयमा वृद्धि हुनाले सहज हुनेछ।धार्मिक कार्यमा मन जानेछ।दाजुभाइबाट सहयोग मिल्नेछ ।अनावश्यक खर्चमा नियन्त्रण हुनेछ।मित्र एवं आफन्तसङ्ग वैमनस्य बढ्ने छ।अग्रसर भएर गरिएको कार्यबाट निस्कासन हुनुपर्ने परिस्थिति आउने समय छ।मनमा भने शुभभाव नै आउनेछ ।वाणिमा नियन्त्रण राख्नुपर्ने देखिन्छ ।जागिरमा सफलता मिल्ने अवस्था छ ।संकट निवारण हुने र स्वास्थ्यमा लाभ हुदैजानेछ।माता वगलामुखीको आराधना गर्नु शुभ छ।( राशिस्वामी-मंगल /शुभ रंग-रातो)

बृष
(इ उ ए ओ वा वि वु वे वो )– यो साता रोकिएको काम बन्नेछन।कार्यमा वृद्धि भएपनि आयमा त्यति सन्तोषजनक अवस्था छैन ।सम्पत्ति किनबेच हुने योग छ।शैक्षिक क्षेत्रमा सफलता छ।दाम्पत्य शुख मिल्नेछ ।अनावश्यक खर्चमा वृद्धि हुनेछ ।केही बाधाहरु आउनाले निरासा हुनेछ ।आफन्त बाट निरासा मिल्नेछ, स्वास्थ्य गडबडी हुने योग छ। (राशी स्वामी-शुक्र /शुभ रंग -सेतो )

मिथुन
(क कि कु घ ङ छ के को ह)–व्यापारमा केही लाभ हुनेछ ।दाम्पत्य र प्रेममा विस्तारै सुधार हुनेछ ।बुबाआमासङ्ग विवाद होला।खर्चमा वृद्धिले तनाब र अनावश्यक यात्रा गर्नुपर्ने योग छ।विवाद र झैझगडामा परिने योग छ।सावधान रहनु उचित छ।आफन्त, मित्रगण र मान्यजनबाट सहयोग प्राप्त हुने देखिदैन ।भगवान सीतारामको ध्यान जप गर्नु शुभ हुनेछ ।
(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेलो)

कर्कट
(हि हु हे हो डा डि डु डे डो)–यो साता रोकिएको काम बन्ने लक्षण देखिन्छ ।नयाँ काम शुरु होलान।आयमा बढोतरी हुनाले राहत हुनेछ ।शिक्षामा सफलता मिल्छ ।पति/पत्निको स्वास्थ्यमा समस्या आउने देखिन्छ ।मन अशान्त रह्न्छ।मान प्रतिस्ठामा कमी आउने छ।तर कार्य भने सफल हुनेछन् ।माता भैरबीको आराधना गर्दा शुभ होला।(राशी स्वामी-चन्द्रमा/शुभ रंग-सेतो)

सिह
(मा मि मु मे मो टा टि टु टे)–जागीरेहरुका लागि राम्रो र लाभप्रद छ।व्यापारमा बढोतरी छ र आर्थिक लाभ छ।तर अनावश्यक यात्रा हुनाले मनमा पीडा हुनेछ।दाम्पत्य जीवनमा तनाब बढ्ने छ।स्वास्थ्यमा सामान्य समस्या आउने र आफन्तसङ्ग विवाद हुनसक्ने योग छ।सजग र सावधान रहनुपर्ने समय छ। (राशी स्वामी-सुर्य/शुभ रंग-रातो र सिंदुरे )

कन्या
(टो प पि पु ष ण ठ पे पो)–यो साता घरमा केही लाभ हुनेछ।मन चन्चल भने रहनेछ ।मित्रहरूबाट असहयोग रहने योग छ तर आफ्नो बोलीमा आउने प्रभावले विशेष कार्य सफल हुनेछ ।राजनीतिमा सफलता मिल्नेछ ।जागीरेहरुको लागि शुभ समय छ।दाम्पत्य जीवनमा प्रेम वृद्धि हुनेछ ।पिताबाट सहयोग प्राप्त हुनेछ ।पेटमा पीडा र खानामा अरुची हुने योग छ।लगानीबाट भने सोचेजस्तो मुनाफा मिल्नेछैन। भगवतीको ध्यान गर्नु शुभ हुनेछ।(राशी स्वामी-बुध)

तुला
(रा री रु रे रो ता ती तु ते)–अढैया शनिको प्रभाव रहेकोेले केही कस्ट दुःख हुनेछन् ।अनावश्यक खर्च भने घट्ने छ।पति/पत्निको सम्बन्ध सुधार हुनेछ ।राजनीतिमा लाभ छ।सन्तानको सुखमा वृद्धि हुनेछ ।बोलीमा रुखोपन आउनाले मान्यजनहरु सङ्ग सम्बन्ध विग्रने योग छ।शिक्षामा सोचेजस्तो सफलता मिल्दैन ।वादविवादमा पर्न सकिन्छ।शुभ रंग-सेतो,पहेलो /राशि स्वामी-शुक्र)

बृश्चिक
(तो ना नि नु ने नो या यी यु)–यो साता अधिक कार्यलाभ छ।अचल सम्पत्तिबाट लाभ छ।केही ऋण भने बढ्नेछ ।शिक्षामा सफलता र मुद्दा मामिलामा जित हुनेछ।परिवारको चिन्ता रहन्छ।क्रोध नियन्त्रण गर्नुपर्ने देखिन्छ।स्वास्थ्यमा सुधार हुदैजानेछ।भगवान शिवको जप गर्दा लाभ मिल्नेछ।(शुभ रंग -रातो,सुन्तले/राशी स्वामी-मंगल)

धनु
(या यो भा भी भु ध फा ढा भे)–यो साता जागीरेहरुको लागि केही बढी काम गर्नुपर्नेछ तर फल सोचेजस्तो मिल्दैन।अचल सम्पत्तिमा लाभ छ।परिवारबाट सहयोग रहेपनी अरु आफन्तबाट केही बिरोध आउनेछ।मनमा चिन्ता रहनाले आत्मबलमा कमी आउनेछ।आटेका काम सफल,वैदेशिक यात्राको योग बनेको छ।मुद्दामा जीत हुनेछ।शत्रु पराजित हुनेछन् । माता दुर्गाको आराधना गर्नु शुभ छ।(शुभ रंग-पहेंलो,उज्यालो सेतो/राशी स्वामी-बृहस्पति)

मकर
(भो जा जी जु जे जो ख खि खु खे खो गा गी)–यो साता कर्मचारीको लागि शुभनै छ।दाम्पत्य जीवनमा भने तनाब रहन्छ।आफन्तसङ्ग विवाद होला र शत्रुबाट कार्यमा बाधा र हानी हुने योग छ।अनावश्यक खर्चमा वृद्धि हुनेछ ।मित्रबाट भने सहयोग रहन्छ।यतिबेला कुनैपनी कार्यमा बाधा नै छ।यात्रा नगर्नुनै लाभ छ।सन्तानबाट शुखमा कमीले मनमा चिन्ता रहन्छ।महाकाल भैरवको आराधना गर्नु शुभ छ।(शुभ रङ्ग-नीलो,कालो,छिर्केमिर्के/राशी स्वामी-शनि)

कुम्भ
(गु गे गो सा सी सु से सो द)–समय त्यति शुभ छैन।व्यापारमा हानी र धनको नोक्सानी हुने योग छ।परिवारमा कलह हुने योग छ।परिवारमा विवाद हुनेछ।व्यवसाय मध्यम रहन्छ।शत्रु पक्ष तागतवर हुनाले केही कष्ट होला।बिस्तारै सम्मानमा वृद्धि हुँदै जानेछ ।शिक्षा क्षेत्रमा बिस्तारै सुधार हुनेछ ।विवादमा विजय मिल्नेछ ।हनुमानजीको भक्ती गर्नु शुभ हुनेछ।(शुभ रंग-कालो,नीलो,छिर्केमिर्के/राशि स्वामी-शनि)

मीन
(दि दु थ झ ञ दे दो चा ची)–यो साता आटेका कार्य पुर्ण हुने, व्यवसायमा लाभ छ।मुद्धामा जीत हुनेछ।शिक्षामा सफलता छ।धैर्यता मा कमी हुने देखिन्छ ।शेयर कारोबारमा लाभ मिल्नेछ ।धेरै मेहनतले कार्य सफल हुन्छ।मानप्रतिस्ठामा वृद्धि हुनेछ।कार्यहरू सफल हुनेछन् । श्रीउमामहेश्वर भगवानको आराधना गर्नु शुभ हुनेछ।(शुभ रंग-पहेँलो,सेतो,हरियो/राशी स्वामी-गुरु)

मिलन कृष्ण पोखरेल
भरतपुर ,चितवन
९८४५८८८१६५

Comments are closed.