काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् । बैठक सुरु भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँच/पाँच मिनेट समय दिइएको छ ।
बैठकमा खासगरी समसामयिक राजनीतिक विषय, विधान सम्मेलन, सरकारको कामकारबाहीको विषयमा छलफल भइरहेको छ ।
Comments are closed.