Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव भव्य रूपमा सप्पन्न 

himalaya Diary News Service by himalaya Diary News Service
May 4, 2022
in Feature, India, Literary Festival & Event, Literature, Nepal
0
त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव भव्य रूपमा सप्पन्न 
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं । नेपाल भारत साहित्य महोत्सव समितिद्वारा वैशाख १६, १७ र १८ गते काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा महोत्सव मनाइयो ।
महोत्सवअन्तर्गत पहिलो दिन विशिष्ट साहित्यकारहरूलाई सम्मान गरिनुका साथै महफिल कार्यक्रम र बहुभाषिक कविगोष्ठीको आयोजना गरिएको थियो । विशिष्ट साहित्यकारहरूलाई प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के के कर्माचार्यले सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मानित हुनेहरूमा वैरागी काइला, प्राडा वासुदेव त्रिपाठी, घनश्याम राजकर्णिकार, मोदनाथ प्रशृत, डा. रामदयाल राकेश, गणेश रसिक, डा. राजेन्द्र विमल, प्राडा गोविन्दराज भट्टराई तथा पद्मावती सिंह, माया ठकुरी, डा.गार्गी शर्मा, प्रा.डा. उषा ठाकुर, हिरण्यकुमारी पाठक, डा. बेन्जु शर्मा, उन्नति बोहरा शीला हुनुहुन्थ्यो ।
सो अवसरमा प्रमुख अतिथि कुलपति के के कर्माचार्यले यस्तो विशिष्ट कार्यक्रमको आयोजना भएकोमा प्रसन्नता व्यक्त गर्दै सम्मानित स्रष्टाहरूलाई बधाई दिनुभयो ।
सम्मानितहरूका तर्फबाट समालोचक वासुदेव त्रिपाठी र माया ठकुरीले बोल्नुभएको सो कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीले गर्नुभएको थियो । कार्यक्रममा अस्मिता सुमार्गीले लेख्नुभएको स्वागत गीतलाई गायक प्रदीप बमजमले प्रस्तुत गर्नुभएको थियो भने कलाकार मेनका लामाले चर्या नृत्य प्रस्तुत गरेकी थिइन् । सो कार्यक्रममा कवि एवम् समाजसेवी अस्मिता सुमार्गी र मेरठ लिटरेरी फेस्टिभलका आयोजक डा. विजय पण्डितले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिलगायत विशिष्ट अतिथिहरूले महोत्सवको स्मारिका विमोचन गर्नुभएको थियो । स्मारिकाको प्रधान सम्पादक प्रमोद प्रधान, कार्यकारी सम्पादक मुरारी सिग्देल तथा सम्पादक कन्चना झा र पूनम झा हुनुहुन्छ । कार्यक्रममा सबै सम्पादकहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको सुरुमा भारतीय साहित्यकारहरूलाई टीका, खादा र माला लगाएर स्वागत गरिनुका साथै नेपाल पर्यटन बोर्डबाट उपलब्ध गराइएको नेपालका पर्यटकीय स्थलहरूबारे जानकारी दिने सामग्रीहरू उपहारस्वरूप दिइएको थियो ।
कार्यक्रममा पन्चै बाजाका साथ वटुकहरूद्वारा वैदिक मन्त्रोच्चारणसमेत गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा दियो प्रज्ज्वलन गरेर गर्नुभएको थियो । सोही अवसरमा पुस्तक प्रदर्शनी पनि गरिएको थियो ।
उद्घाटन समारोहपछि दोस्रो सत्रमा महफिल र तेस्रो सत्रमा बहुभाषिक कविगोष्ठीको आयोजना भएको थियो ।
महफिल कार्यक्रममा इम्तियाज वफा, डा. साकिब हारूनी, कन्चना झा, फुरकान फैजी, करुणा झा,  रेखा यादव, नसिम अख्तर, अनिलासिंह चाडक, प्रदीप बमजन, राधा पाण्डे, देवी पन्थी लगायतले नेपाली, हिन्दी र उर्दू  गजलहरू प्रस्तुत गर्नुभएको थियो ।
तेस्रो सत्र बहुभाषिक कविगोष्ठीमा नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, मुरारी सिग्देल, यादव भट्टराई, उषा केसी, शान्ति सापकोटा,  निर्मलरमण पराजुली, कमला रिसाल, सुमन वर्षा, जितेन्द्र रसिक, शान्ति रिसाल, मन्जिला अनिल, डा. शान्तिमाया गिरी, मनिला वन्त, डा. विजय पण्डित,  ज्ञान्दरी कैनी, सरिता तुलाधर, राजेन्द्र गुरागाई, राधिका गुरागाई, प्रदीप देवीशरण भट्ट, मीरा प्रकाश, ऐश्वर्य सिन्हा, मनीष शुक्ल, नूतनकुमारी सिन्हा,  त्रिलोक फतेहपुरी, दलवीर फूल, गिरीश त्यागी, डा. मोनिका मेहरोत्रा, आदित्यप्रताप सिंह, रमा निगम, सावित्री मिश्रा, कैलाश श्रीवास्तव, प्रभु त्रिवेदी, हरेराम बाजपेयी आदिले नेपाली, नेवारी, हिन्दी, उर्दू, भोजपुरी, मैथिली लगायतका भाषामा लेखिएका कविता वाचन गरेका थिए  । तेसो सत्रको अध्यक्षता राधेश्याम लेकाली र संचालन यादव भट्टराईले गर्नुभएको थियो ।
दोस्रो दिनको कार्यक्रम
त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सवअन्तर्गत दोस्रो दिनको सुरुवात शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई मङ्गलबजारस्थित उहाँकै घरमा गएर सम्मान गरी भयो । महोत्सवका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा महासचिव मुरारी सिग्देल, सदस्यहरू प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र उषा केसी सम्मिलित टोली सम्मान पत्र प्रदान गर्न उहाँको घर पुगेको थियो । अध्यक्ष लेकालीले सम्मानपत्र प्रदान गर्नुभएपछि शताब्दी वाङ्मय पुरुष जोशीले नेपाल भारतको सम्बन्ध युगौदेखि बलियो र सुदृढ रहेको बताउँदै हामीलाई संस्कृतिले नजिक बनाएको उल्लेख गर्नुभयो । त्यसअघि भारतीय साहित्यकारको टोलीलाई ललितपुर महानगरपालिकाका तर्फबाट स्वागत गरिएको थियोे । टोलीले पाटन, सङ्ग्रहालय, कृष्ण मन्दिर र हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल)को अवलोकन गरेको थियो ।
कृति विमोचन
नेपाल भारत साहित्य महोत्सवअन्तर्गत कवि एवम् लघुकथाकार दिव्य गिरीको हाइकु कृति द जुबिलेन्ट प्लेको प्रमुख अतिथि प्रा.डा. उषा ठाकुर, अध्यक्ष राधेश्याम लेकाली लगायतले विमोचन गर्नुभयो । यस कृतिमा नेपाली र अङ्ग्रेजीमा लेखिएका हाइकु छन् । हाइकुको अङ्ग्रेजी अनुवाद पारु तिमिल्सिनाले गरेकी हुन् । सोही कार्यक्रममा भारतबाट आएका साहित्यकारहरूका विभिन्न विधाका ५ कृतिको पनि विमोचन भएको थियो ।
कार्यपत्र
नेपाल भारत साहित्य महोत्सवको दोस्रो दिनको दोस्रो सत्रमा कवि एवम् समालोचक प्रमोद प्रधानले “नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको प्रश्न र अनुवादको समस्या” शीर्षकको कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा  नेपाली साहित्यका पुस्तकहरूको विश्वका विभिन्न भाषामा भएको अनुवादको स्थितिबारे विस्तृत विवरणसमेत छ । कार्यपत्र प्रस्तुत गर्दै प्रधानले भने, “अहिले प्रतिनिधिमूलक र राम्रा कृतिहरूको अनुवादभन्दा आर्थिक रूपले सम्पन्न लेखकहरूले आफ्ना कृतिको अनुवाद गराउने क्रम बढेको छ । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बिग्रन पनि सक्छ । यस्तो कार्य प्रत्युत्पादक पनि हुनसक्छ ।” कार्यपत्रमाथि  प्रा.डा. लक्ष्मणप्रसाद गौतमले टिप्पणी गर्नुभएको थियो । उहाँले कार्यपत्रका बुँदामाथी सहमति जनाउँदै  अन्तर्राष्ट्रियकरणबारे कार्यपत्र
स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । सो सत्रको अध्यक्षता महोत्सवका अध्यक्ष राधेश्याम लेकालीले गर्नुभएको थियो ।
दोस्रो दिन तीन वटा विषयमा विशेष छलफलको आयोजना गरिएको थियो । नेपाल भारत सम्बन्धमा संस्कृतिको भूमिका विषयक छलफलको सहजकर्ता प्रा.डा. सावित्री मल्ल कक्षपति र सहभागी राधेश्याम लेकाली,  नीलम कार्की निहारिका, श्रीॐ श्रेष्ठ रोदन र सरू पोखरेल थिए भने  नेपाली साहित्यको क्षेत्रीय विस्तार विषयक छलफलको सहजकर्ता गोविन्द गिरी प्रेरणा र डा. सुरेन्द्र के.सी., युवराज नयाँघरे, मोमिन खान र राधेश्याम लेकाली सहभागी थिए ।
यस्तै महिला सशक्तीकरण और साहित्य विषयक छलफलको सहजकर्ता मन्जिला अनिल र सहभागीमा डा. मोनिका मेहरोत्रा, डा. राशि सिन्हा, अनिलासिंह चाडक र विभारानी श्रीवास्तव हुनुहुन्थ्यो ।
यसैगरी, लघुकथा समाज नेपालका अध्यक्ष श्रीॐ श्रेष्ठ रोदनको संयोजनमा भएको लघुकथा वाचनमा उनी लगायत अशेष मल्ल, गोपाल अश्क, दीपक लोहनी, राधा कार्की, गङ्गा कर्माचार्य, रामप्रसाद पन्त, डा. पुष्करराज भट्ट, ममता मृदुल, विभारानी श्रीवास्तव, प्रेमलता सिंह राजपुत, रविभूषण श्रीवास्तव, नीता चौधरी र मीनाकुमारी परिहारले नेपाली र हिन्दीमा लेखिएका लघुकथाहरू वाचन गरेका थिए ।
तेस्रो दिन वैशाख १८ गते भारतबाट आएका साहित्यकारहरूसहितको टोलीलाई चन्द्रागिरी भ्रमण गराइएको थियो । सो अवसरमा ७ बुँदे घोषणापत्र जारी गरिएको थियो ।
घोषणापत्रमा नेपाली र हिन्दी भाषाका लेखकहरूका उत्कृष्ट कृतिहरू एकअर्काको भाषामा प्रकाशित गर्दै लाने र उक्त प्रयासलाई नेपाल र भारतका अन्य भाषाहरूमा विस्तारको प्रयास गर्ने, नेपाल र भारतबीचको सास्कृतिक सम्बन्धलाई साहित्यको माध्यमबाट प्रवर्धन र सुदृढ बनाउदै लाने र साहित्यका माध्यमबाट महिला सशक्तिकरणको अभियानलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै नवोदित र ओझेलमा परेका साहित्यकारहरूलाई अघि ल्याउन अन्तर्राष्ट्रिय मन्च प्रदान गर्ने, “पुस्तक किनेरै पढौ” भन्ने मान्यतालाई नेपाल र भारत दुबै तर्फ प्रवर्द्धन गर्न प्रोत्साहित गर्ने, नेपाल- भारत साहित्य महोत्सवलाई निरन्तरता दिने र महोत्सवको उदेश्य प्राप्तिका लागि अन्य रचनात्मक कार्यक्रमहरू संचालन गर्ने प्रतिबद्धता पनि गरिएको छ ।
नेपाल-भारत साहित्य महोत्सवका अध्यक्ष साहित्यका राधेश्याम लेकालीको संयोजनमा जारी गरिएको घोषणापत्र तयारी समितिका सदस्यहरूमा क्रमशः साहित्यकारहरू नेपालबाट अशेष मल्ल, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, डा. शान्तिमाया गिरी, अमेरिकाबाट गोविन्द गिरि प्रेरणा, भारतबाट प्रो. डा. मोनिका मेहरात्रा, मनिष शुक्ला, प्रदीप देवीशरण भट्ट, राधा पाण्डे र डा. विजय पण्डित रहेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा राष्ट्रिय नाचघरमा सहभागीहरूको सम्मानमा सास्कृतिक कार्यक्रमको आयोजना गरिनुका साथै सहभागीहरूलाई सम्मानपत्र र मायाको चिनो वितरण गरिएको थियो ।
कार्यक्रम आयोजनाका लागि राधेश्याम लेकालीको संयोजकत्वमा एक कार्यकारी समिति गठन गरिएको थियो । समितिको सहसंयोजकमा नरेन्द्रबहादुर श्रेष्ठ, सदस्य सचिवमा मुरारि सिग्देल तथा सदस्यहरूमा अस्मिता सुमार्गी, उषा केसी, नीता श्रेष्ठ, पारु तिमिल्सिना, प्रमोद प्रधान, भानुप्रकाश जोशी, मन्जिला अनिल र रेखा यादव रहनुभएको छ । यस्तै मूल समारोह समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति गठन गरिएको थियो । समितिले नेपाली साहित्य समाज गठन गर्ने निर्णय गरेर काम अघि बढाइसकेको छ । यसको कार्यालय अल इन वन मार्टमा रहेको छ ।
Advertisement Banner
Previous Post

Nepal and World Bank Sign $150 Million Development Policy Credit to Strengthen Nepal’s Financial Sector

Next Post

IRCTC To Run Its First Bharat Gaurav Tourist Train On Jun 21, Nepal’s Janakpur In itinerary

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
IRCTC To Run Its First Bharat Gaurav Tourist Train On Jun 21, Nepal’s Janakpur In itinerary

IRCTC To Run Its First Bharat Gaurav Tourist Train On Jun 21, Nepal's Janakpur In itinerary

Recommended

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

6 months ago
TVS Motor Company launches the new TVS iQube Electric Scooter with a host of exciting features

TVS Motor Company launches the new TVS iQube Electric Scooter with a host of exciting features

4 years ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.