काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको हो । तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्ने गरी तयारी भएको छ ।
कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ भने बिहान ३ बजेबाट चारै ढोका खुल्नेछन्।
Trending Now
- The Revolt of Rejection, A Poem by Rajendra Ojha (Nayan)
- “Searchlight” and “Rhododendron Cafe,” Two Poems by Shaswata Gangopadhyay in translation from Bengali by Rajdeep Mukherjee
- Three New Poems by Eva Lianou Petropoulou of Greece
- Three New Poems by Jasna Gugić from Croatia
- Wish to Be a Fish, A Poem by Rachana Sunar
- Wings of Knowledge, A Poem by Anila Bukhari
- Three New Poems by Eileen Moynihan
- Mannequin and Her Apparel, A Poem Composed by Bishwa Sigdel, translated from Nepali by Anjila Bista
- Three New Poems by Eva Petropoulou Lianou
- The Crepe Myrtle and Summer of Blooms, Two Poems by Ranjit K. Sahu
Comments are closed.