राष्ट्रिय मुद्दामा पार्टीको धारणा सरकार प्रमुखलाई बुझाएर कार्यन्वयनमा दबाब दिन्छौं– प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस बैठकले राष्ट्रिय मुद्दामा गरेका निर्णय सरकार प्रमुखलाई जानकारी गराउने र कार्यन्वयनका लागि दबाब दिने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकपछि नेता पौडेलले पार्टीले कुन राष्ट्रिय मुद्दामा के निर्णय गरेको छ भन्ने बारेमा सरकार प्रमुखलाई जानकारी गराउने र सरकारलाई ती काम अविलम्व गर्न दबाब दिने निर्णय भएको बताए।

महासमितिलाई भव्य बनाउन विभिन्न समिति बनाउने, विभिन्न दस्ताबेज तयारी गर्ने पनि बताए।

उनले भने, ‘महासमितिलाई भव्य बनाउन विभिन्न समिति बनाउने, विभिन्न दस्ताबेज तयारी गर्ने र अहिलेको राष्ट्रिय राजनीतिमा समसामयिक विषयहरुका बारेमा पार्टीको दृष्टिकोण सरकार प्रमुख समक्ष लगेर बुझाउने । हाम्रो पार्टीले कुन राष्ट्रिय मुद्दामा के निर्णय गरेको छ भन्ने बारेमा सरकार प्रमुखलाई जानकारी गराउने र सरकारलाई ती काम अविलम्व गर्न दबाब दिने निर्णय गरेका छौँ। देशका समसामयिक विषय सबै समेटेर हामीले निर्णय गरेका छौँ। महासमितिको बैठकलाई नीति महाधिवेशनका रुपमा सम्पन्न गर्नेगरी सबै विषयको प्रश्ताव तयार गर्ने र नीतिगत रुपमा काँग्रेसलाई स्पष्ट बनाउने।’
नेता पौडेलले नेपाली काँग्रेस समावेश भएको सरकारलाई जनताको पक्षमा निम्ति पार्टीको तर्फबाट बैठकका निर्णय सरकार प्रमुखसमक्ष बुझाउने निर्णय भएको बताए।
उनले महासमितिको बैठकलाई नीति महाधिवेशनका रुपमा सम्पन्न गर्नेगरी सबै विषयको प्रश्ताव तयार गर्ने र नीतिगत रुपमा काँग्रेसलाई स्पष्ट बनाउने निर्णय भएको बताए।

Comments are closed.