चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरे

काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

चिकित्सकहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेत, गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा समेत मागेका छन् ।

प्रदर्शनमा वीर, शिक्षण, पाटन लगायत अस्पतालका चिकित्सकहरू सहभागी छन् । आफूहरूमाथि श्रृंखलाबद्ध आक्रमण हुन थालेको भन्दै उनीहरुले सुरक्षाकाे माग गरेका छन् ।

प्रदर्शनमा सहभागी डाक्टरकाे सुरक्षा ग्यारेन्टी गर, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ? डाक्टर कुट्न पाइँदैन, दण्डहिनताकाे अन्त्य गर, दाेषीमाथि राजनीतिक संरक्षण बन्द गर, स्वास्थ्य क्षेत्रमा राजनीति गर्न पाइँदैन लगायत नारा लगाएका छन् ।

स्वास्थ्यकर्मीहरूको सुरक्षाको ग्यारेन्टी गर्, नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

Comments are closed.