काठमाडाैं । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापाबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका-४ का ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका-७ का ४२ वर्षीय अमृत श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतबार अपरान्ह मेचीपुलमा चेकजाँच गर्दा सुरजले पेन्टीकाे इलास्टिकभित्र लुकाइछिपाइ राखिएकाे अवस्थामा ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेकाे थियाे ।
थेवेकाे साथबाट ब्राउन सुगर बरामद भएपछि उनका साथी अमृतलाई पनि पक्राउ गरेर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।
Comments are closed.