भारती मानन्धरको अनसनमा अनेमसंघको ऐक्यबद्धता

काठमाडौं । नेपालगन्जमा खुँडा प्रहार गरी व्यक्ति हत्याका अपराधीलाई सरकारले आमा माफी दिएको विरोधमा अनसनरत भारती मानन्धरको आन्दोलनमा अखिल नेपाल महिला संघ (अनेमसंघ) ले ऐक्यबद्धता जनाएको छ ।

नेपालगञ्जका चेतन मानन्धरको हत्यामा अदालतको फैसलाबाट जेल सजाय भोगिरहेका योगकुमार ढकाल रेगललाई सरकारको सिफारिसमा राष्ट्रपछि रामचन्द्र पौडेलले असोज ३ गते संविधान दिवसको दिन आममाफी दिने निर्णय गर्नुभएको थियो । त्यसको विरोधमा मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धर माइतीघर मण्डलामा अनशन बस्नु भएको छ ।

उहाँको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्न अनेमसंघ केन्द्रीय इन्चार्ज सीता पौडेलको नेतृत्वमा अनेमसंघ उपाध्यक्ष द्वय शर्मिला कार्की र  सुमित्रा बीसी, सचिवहरू शारदा कुमाल र विना शाह, वाग्मती प्रदेश निवर्तमान सचिव सरस्वती बस्नेत लगायत उपलब्ध केन्द्रीय सदस्य एवम् विभागका सदस्यहरू माइतीघर मण्डलामा पुग्नु भएको थियो । उहाँहरूले आन्दोलनमा ऐक्यबद्धता रहेको बताउँदै अपराधीलाई छाड्ने सरकारको निर्णयको विरोध जनाउनुभयो ।

ढकाललाई माफी दिएको विरुद्ध भारतीले सर्वोच्च अदालतमा मुद्दा दिनुभएको छ । अदालते सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दाको पसी समेत तोकिसकेको छ ।

Comments are closed.