सल्यान, २१ असोज
घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका-४ खार्बन बस्ने उनकै कान्छी बुहारी शर्मिला बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गणेसी रोका असोज १५ गते दिउँसो बारीमा धानको भारी लिन जान्छु भनी गएकोमा बेपत्ता भएपछि खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानसमेतबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुन: विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुन: सलले घाँटी कसी हत्या गरेको र घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनी उपर जिल्ला अदालत सल्यानबाट ७ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Trending Now
- The Crepe Myrtle and Summer of Blooms, Two Poems by Ranjit K. Sahu
- FIVB President Dr. Ary S Graça Conferred KISS Humanitarian Award
- UNRWA Chief Warns of Spreading Hunger Crisis in Gaza
- India, Nepal, and Bangladesh have signed a trilateral agreement to export 40 megawatts of electricity from Nepal to Bangladesh via India’s power grid
- Nepal’s Economy Expected to Maintain Growth Momentum
- IMF Staff Concludes Visit to Bangladesh
- His Excellency Dr Thani Ahmed Al Zeyoudi, Minister of State for Foreign Trade of United Arab Emirates called on Hon Foreign Minister Dr Arzu Rana Deuba
- Foreign Minister Dr Arzu Rana Deuba addressed the Second Meeting of Asia Cooperation Dialogue (ACD) Business Forum in Doha
- 228 people lost their lives and 25 missing in Nepal floods and landslides
- IMF Delegation to Arrive in Colombo for Talks on Third Tranche of Ongoing Programme and Future Direction
Comments are closed.