भुवनेश्वर । ओडिसाको बालासोर जिल्लामा नेपाली तिर्थालु सवार बस आइतबार एउटा ट्रकसँग ठोक्किँदा कम्तीमा २० जना घाइते भएका छन् । दुर्घटनामा उत्तर प्रदेशका बस चालक पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका हुन् ।
६१ जना यात्रु सवार बस राष्ट्रिय राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किन पुगेको सोरो प्रहरी कार्यालयले जानकारी दिएको छ । यात्रुवाहक बस कोलकाताबाट पुरी जाँदै गरेको थियो ।
बालासोरका सादर सब–डिभिजनल प्रहरी अफिसर शशांक शेखर बेउराका अनुसार ढाबामा रोकिराखेको ट्रकमा उक्त बस बिहान करिब ५ बजे ठोक्किएको थियो । घाइते सबैलाई सोरो अस्पताल लगिएको थियो । सबै नेपाली तिथार्लु उपचारपछि डिस्चार्ज भइसकेको बेउराले बताए ।
घटनामा बस ड्राइभरको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनलाई जिल्ला अस्पतालमा रेफर गरिएको छ ।
प्रहरीले तिर्थालुका लागि खानाको व्यवस्था गरेर उनीहरूलाई आफ्नो गन्तव्यतर्फ पठाएको छ । बसमा सवार रहेका कमलेश कुमार मिश्राका अनुसार तिर्थालुहरु जगन्नाथको दर्शनका लागि जाँदै थिए ।
Trending Now
- FIVB President Dr. Ary S Graça Conferred KISS Humanitarian Award
- UNRWA Chief Warns of Spreading Hunger Crisis in Gaza
- India, Nepal, and Bangladesh have signed a trilateral agreement to export 40 megawatts of electricity from Nepal to Bangladesh via India’s power grid
- Nepal’s Economy Expected to Maintain Growth Momentum
- IMF Staff Concludes Visit to Bangladesh
- His Excellency Dr Thani Ahmed Al Zeyoudi, Minister of State for Foreign Trade of United Arab Emirates called on Hon Foreign Minister Dr Arzu Rana Deuba
- Foreign Minister Dr Arzu Rana Deuba addressed the Second Meeting of Asia Cooperation Dialogue (ACD) Business Forum in Doha
- 228 people lost their lives and 25 missing in Nepal floods and landslides
- IMF Delegation to Arrive in Colombo for Talks on Third Tranche of Ongoing Programme and Future Direction
- Iran launched nearly 200 missiles on Israel
Comments are closed.