नेपाली सेनामा राजनीतिक चलखेल स्वीकार्य छैन: डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको बताएका छन् ।

सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति शङ्का व्यक्त गर्दै नेता कोइरालाले पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल कदापि स्वीकार्य नहुने बताएका हुन् ।

कोइरालाले आइतबार सामाजिक सञ्जाल लेख्दै राष्ट्रिय सुरक्षासँग जोडिएको र राजनीतिबाट टाढा रहेको सेनामा हुने चलखेलले दुर्घटना निम्त्याउने उल्लेख गरेका छन् ।

‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस ।’

Comments are closed.