पर्यटकिय जिल्लाको रुपमा रहेको दोलखाको पर्यटन बिकासबाट अहिलेको अर्थतन्त्रमा जोड्न आबश्यक छ: सभामुख घिमिरे

गोकर्ण प्रसाद भण्डारी दोलखा,२८ असोज । प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले दोलखाको पर्यटनको बिकास गरि अहिलेको अर्थतन्त्रमा जोड्न आबश्यक रहेको बताउनु भएको छ । दोलखाको सदरमुकाममा रहेको जिल्लाको पुरानो क्याम्पस गौरीशंकर बहुमुखी क्याम्पसले तयार गरेको भिमेश्वर ब्यवासाय सम्बर्धन केन्द्रको उद्घाटन गर्दै उहाँले राजधानी नजिकै रहेको हिमाली जिल्ला दोलखालाई पर्यटनको प्रचुर सम्भाबना बोकेकाले पनि यसको छुट्टै किसिमले बिकास गरि नेपालको अर्थतन्त्रमा जोड्दै ब्यवहारिक शिक्षामा सहयोग पुुग्ने बताउनु भएको छ । घिमिरेले केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै भिमेश्वर ब्यवसाय सम्बर्धन केन्द्रले पर्यटन बिकासबाट ब्यवसायी ब्यापारीहरुको पनि जिबनस्तरमा परिवर्तन ल्याउनेमा बिश्वास ब्यक्त गर्नुभयो । सभामुख घिमिरले कार्यक्रमको अबशरमा बिजयादशमी तथा शुुभदिपावलीको समेत शुुभकामना ब्यक्त गर्नु भयो । शनिबार दोलखा आएको घिमिरे शनिबार आईतबार दोलखाका बिभिन्न कार्यक्रमहरुमा सहभागिता जनाईरहनु भएको छ । कार्यक्रम क्याम्पसका संचालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा समपन्न भएको थियो ।

Comments are closed.