काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू दशैँ बिदामा पनि खुला रहने भएकाे छ ।
आयाेगले बिहीबार विज्ञप्ति जारी गर्दै साे जानकारी दिएकाे हाे । दशैं बिदामा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालय खुला रहने आयाेगले जनाएकाे छ ।
आम नागरिकको मानवअधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला रहने व्यवस्था मिलाइएको आयोगले विज्ञप्तिमा उल्लेख छ ।
दशैं बिदाकाे समयमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार, गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन पनि गरिने आयाेगले जनाएकाे छ ।
Comments are closed.