कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्ने भएको छ ।

नेपालीहरुकाे महान् चाड बडादशैं, तिहार, नेपाल सम्वत, छठ लगायत पर्वहरूको अवसरमा कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्न लागेकाे हाे ।

चियापान कार्यक्रम दिउँसो १ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

कांग्रेसले २०३३ सालदेखि हरेक साल कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ ।

Comments are closed.