काठमाडाैं । नेपाल भारत सीमा नाका बन्द गरिएको छ ।
दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज एक दिन जमुनाहा नाका बन्द गरिएकाे जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकाे छ ।
हिन्दूहरुको महान् चाड वडादशैँकाे अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु सेलाउन नदीतर्फ लैजाने क्रम चलेपछि आवश्यक सुरक्षा सतर्कता अपनाउन नाका बन्द गरिएकाे प्रशासनले जनाएकाे छ ।
दुर्गा मूर्ति विसर्जन र्याली निस्कने भएकाले र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन प्रशासनले आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरेकाे छ ।
घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति ९ दिनसम्म विशेष पूजापाठ गरी दशैँको भोलिपल्ट अर्थात एकादशीका दिन आज सेलाउने परम्परा छ ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.