एक महिनाभित्र कसैले चलचित्र सम्बन्धी ऐन पास गरेर देखाओस्, राजीनामा दिन तयार छु: अध्यक्ष केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै आफू विकास बोर्डमा आएको बताएका छन् । चलचित्र निर्माता संघको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विकास बोर्डले आफ्नो खाइपाइ आएको अधिकार कहाँनेर र किन गुमायो भन्नेबारेमा विचार हुन आवश्यक रहेको बताए ।

उनले चलचित्र क्षेत्र स्वायत्त नभएसम्म कलाकार, चलचित्र क्षेत्र, चलचित्र कर्मीहरूको भविष्य उज्ज्वल नरहेको बताए । उनले आफू पद र जागिर खानका लागि मात्रै चलचित्र विकास बोर्डमा नआएको र चलचित्र सम्बन्धी ऐन एक महिनामै पास गर्छु भनेर कोही आए आफू राजीनामा दिन तयार रहेको बताए ।

उनले भने ‘नेपाली चलचित्र क्षेत्रको विकासका लागि, राष्ट्रिय चलचित्र क्षेत्रको विकासका लागि विकास बोर्डको गठन भएको हो । कहाँनेर आएर विकास बोर्डले आफ्नो भूमिका गुमायो यसबारेमा चिन्तन हुनुपर्छ । खाइपाइ आएको अधिकार कहाँनेर र किन गुमायो । यो महत्त्वपूर्ण छ । यसलाई पुनः फिर्ता ल्याउन त्यसबारेमा सोच्नुपर्छ । कसरी सञ्चार मन्त्रालयमा विकास बोर्डको सबै अधिकार गयो, यो महत्त्वपूर्ण छ । चलचित्र विकास बोर्ड स्वायत्त बनाउनका लागि म लड्नेछु । जबसम्म कलाकार, चलचित्र क्षेत्र, चलचित्र कर्मीहरूको भविष्य तबसम्म उज्ज्वल छैन, जबसम्म विकास बोर्ड स्वायत्त हुँदैन । चलचित्र विकास बोर्ड स्वायत्त बनाउन नै म चलचित्र विकास बोर्डमा आएको हुँ । विगत ४० वर्षअघि देखिको ऐन अहिलेसम्म किन पास भएको छैन रु म पदका लागि होइन, चलचित्र कर्मीको लागि हुँ । म पनि चलचित्र क्षेत्रको विकासका लागि आएको हो, जागिर खान होइन । मेरो जागिर जान्छ भन्ने चिन्ता छैन । यदि कोही व्यक्ति भोलिको दिनमा आएर कसैले भुवन केसी यहाँबाट गएपछि ऐन एक महिनामा पास गर्छु भनोस्, म अहिले नै जागिर छोड्न तयार छु ।’

अध्यक्ष केसीले अध्यक्ष पद जान्छ भन्ने चिन्ता आफूलाई नभएको बताए ।

Comments are closed.