मेष 🐏(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता नयाँ कार्य थालनिका निम्ति जागर र साहसमा केहि कमि आउनेछ,भौतिक सामानको बिक्रि हुने योग छ, व्यक्तित्वको बिकाशमा जुट्ने समय रहेको छ,कुलकुटुम्ब हरुको साथ सहयोग सोचेजस्तो हुनेछैन।खानपानका कारण पेटमा समस्या उत्पन्न हुन सक्नेछ र स्वासप्रस्वाशमा समस्या आउला ।बिश्वासिला ब्यक्तिहरुबाट धोका हुने समय छ।सहकर्मी मित्रहरूबाट सतर्क हुनुपर्ने समय छ।सन्तानको पिर मनमा रहन्छ।
वृष 🐂(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)यो साता बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ,शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला,मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ,दाम्पत्य सुखमा कमि आउनेछ,मान्यजन को साथ प्राप्त हुनेछ, नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ,दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ।
मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता मित्र जनको साथ सहयोग बाट कार्य सम्पन्न्न हुन मदत पूग्नेछ,नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ,कोध्रको कारण मानसीक चिन्ता बढ्न सक्छ, दम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ,परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ,सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ।सवारी दुर्घटनाको योग छ साबधान रहनु उचित छ।
कर्कट 🦀(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ,बिद्यार्थी हरुको लागि समय त्यति उत्तम रहेको छैन,मेहनत र परीश्रम को कदर हुने र फल मिल्ने योग रहेको छ,रचनात्मक कार्यमा मन जानेछ।मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्रमा सुधार हुनाले दिर्घकालिन फाईदा हुनेछ ,पूराना मित्रजनहरु सङ्गको भेटघाटले मन हर्षित रहला।गोडाका जोर्नी दुख्ने समस्या हुनेछ।मन केही अशान्त रहला।
सिंह 🦁(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता दुष्ट व्यक्तिहरु सङ्गको संगतले अपजसको सामना गर्नु पर्ला,यात्रा कारक समय रहेको छ, केही पारीवारिक झैझमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ,भौतिक श्रोत साधनको प्रयोगमा मन खुशी हुनेछ।सभासम्मेलनमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ,सवारि साधन प्राप्त हुने योग छ।स्वास्थ्यमा सुधार हुनेछ।
कन्या 👧🏻(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता ईष्टमित्र सङ्ग सामान्य बादबिवादको योग रहेको छ,स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ, मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ,गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ,तपाई द्वारा गरिएको कार्यको श्रेय गैर व्यक्तिहरुले प्राप्त गर्नेछन,सामान्य छोटो यात्राको दिन रहनेछ।
तुला ⚖(रा,री,रु,रे,रो,त,ति,तु,ते)यो साता भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ, बिलासिताका सामान खरीद र बिक्रिको योग रहेको छ,कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला,खानपानमा बिशेष ध्यान दिनु होला,खुट्टा तान्ने र दु:ख दिने ब्यक्ति बाट बच्नु पर्ने समय छ।स्वास्थ्यमा समस्या आउँछ।सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला,आम्दानि मध्यम रहनेछ।
वृश्चिक 🦂 (तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता सामान्य खर्च हुने योग रहेको छ,यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ,तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन,जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ,नयाँकार्यको थालनिका लागि समय उत्तम र फलदायी रहनेछ,पति/पत्निको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ।
धनु 🏹(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ,अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ,सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला,जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्नेछ,मित्रजनहरु सङ्गको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ।
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ,निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ,बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ,रचनात्मक कार्यमा समय ब्यतित हुनेछ।मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ।
कुम्भ ⚱(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ,साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ,आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन,भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ,नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ।
मीन🧜♀(दी,दु,थ,झ,ञ,दे,दो,च,ची)यो साता अरुको दबाबको कारण मानसिक समस्या आईपर्ने छन,बाणीमा मधुरता बढ्ने छ। पठनपाठनमा भने समय राम्रो रहेको छ,नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला,परीश्रमको राम्रो प्रतिफल प्राप्त होला,बल तथा पराक्रममा बृद्धि हुनेछ,मित्रजनहरुको साथ सहयोगमा कठिन कार्यहरु सम्पन्न हुनेछन्।
ज्योतिष मिलन कृष्ण पोख्रेल
Comments are closed.