एमालेले बोलायो विशेष बैठक, मङ्सिर ७ काे प्रदर्शन केन्द्रित छलफल हुने

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौंमा गर्ने प्रदर्शनको तयारीका सन्दर्भमा छलफल गर्न नेकपा एमालेले विशेष बैठक बोलाएको छ ।

बैठक शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकमा विकसित राजनीतिक गतिविधिका साथै मङ्सिर ७ गतेको कार्यक्रमको तयारीका विषयमा छलफल हुने रिजालले बताउनुभयो ।

नेकपा एमालेको जनवर्गिय संगठत राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता, दण्डहीनता र अराजकता विरुद्ध  काठमाडौंमा जनप्रदर्शन गर्दै छ । त्यसैको तयारीलाई केन्द्रित गरी बैठक बोलाइएको हो ।

Comments are closed.