जुनसुकै विषयमा स्नातक गरेकाले पनि स्नातकोत्तरमा नेपाली पढ्न पाउने

काठमाडौं । अब जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीले पनि स्नातकोत्तरमा नेपाली विषय पढ्न पाउने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले अब जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई पनि स्नातकोत्तरमा नेपाली विषय पढ्न दिने भएकाे हाे ।

नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न दिने निर्णय गरेको विभागीय प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुईटेलले मंगलबार निकाल्नुभएकाे सूचनामा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता भएको व्यक्तिले नेपाली विषय स्नातकोत्तर तहको प्रवेश योग्य हुने सूचनामा उल्लेख छ ।

Comments are closed.