सशस्त्र प्रहरी बल नेपालले संगठनका बहालवाला तथा अवकाश प्राप्त बरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा बर्तमान सुरक्षाअवस्था बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने उल्लेख गर्नुहँुदै अग्रजको सुझाव, सल्लाह तथा रचनात्मक सहयोग संगठनको वृत्ति विकासका लागि मार्गदर्शक समेत हुने बताउनुभयो ।
सो अवसरमा सीमा सुरक्षा, मानवश्रोत तथा कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु क्रमश नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम तथा बशीराज दाहालले आ–आफ्नो विभागीय गतिबिधि प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनत कुमार बस्नेत, किशोर कुमार लामा, शैलेन्द्र कुमार श्रेष्ठ, कोषराज वन्त, सिहँ बहादुर श्रेष्ठ र पुष्पराम के.सीले समयानुकुल सीमा सुरक्षाका चुनौती पनि बदलिँदै जाने भएकोले त्यसै अनुरुप लाग्नुपर्ने बताउनुभयो । सीमा सुरक्षामा स्थानीय जनता सँगको सहकार्य महत्वपूर्ण हुने भएकोले संगठनले सीमावासीसँग सहकार्य गर्ने कार्यको थालनी गर्नु अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो ।
All reactions:
5
Comments are closed.