बेनी : बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ।
विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदकसहित प्रकाश माविले उपाधि चुमेको हो। गत वर्षको बिजेतासमेत रहेको प्रकाश माविले लगातार दुई वर्ष रनिङ शिल्ड आफ्नो पक्षमा पार्न सफल भएको छ।
प्रतियोगितामा कुल ६६ स्वर्ण पदकमध्ये अंक तालिकामा गणना हुने ३१ स्वर्ण पदकमा प्रकाश माविले मात्रै २२ स्वर्ण हात पारेको छ। प्रतियोगितामा बिजेता प्रकाश माविलाई नगद ५१ हजारका साथै रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ।
प्रतियोगितामा ५ स्वर्ण, १० रजत र २ कास्य पदकसहित द्वितीय हुन सफल न्यू वेष्ट पोइन्ट आवासीय मावि र २ स्वर्ण, १ रजत र २ कास्य पदकसहित तृतीय हुन सफल माउण्ट एभरेष्ट आवासीय माविलाई क्रमशः नगद ४० हजार र ३० हजारबाट पुरस्कृत गरिएको छ।
विद्यागतरुपमा समेत प्रतियोगिताका बिजेता र उपबिजेतालाई ट्रफी र मेडलद्वारा पुरस्कृत गरिएको थियो।
Comments are closed.