नगरपालिकामा पुगेर आफैंलाई पेट्रोल छर्किएकी महिलाको उद्धार

भद्रपुर । वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्धार गरिदिन सरकारले पहल नगरेको भन्दै एक महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी छन् ।भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरुले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी खगेन्द्र रिजालले बताए ।
उनले भने, ‘उहाँको श्रीमान् विदेशमा समस्या हुनु हुँदो रहेछ, उद्धार गरिदिन भन्दै हिँडिरहनु भएको रहेछ । शुक्रबार नगरपालिका पुगेर पेट्रोल छर्किएपछि उद्दार गरेका छौं ।’
भद्रपुर नगरपालिका–८, फुलबारी टोल बस्ने खातुलका श्रीमान् अकवर २८ असोजमा दुबई गएका थिए । त्यहाँ उनलाई ११२० दिराम मासिक तलब दिएर फिनिसिङ कार्पेन्टरको काम लगाउने भनिएपनि फरक काममा लगाइएको थियो ।लेबरको काममा लगाएपछि ९ दिनमा उनी बिरामी परेको पाइएको प्रहरीले जनाएको छ । फर्किनका लागि भाडा समेत नभएपछि परिवार विचल्लीमा परेको थियो । प्रहरीका अनुसार, अहिले उनकी खातुनलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मा लगाएको छ ।भद्रपुर नगरपालिकाले भने उनको पतिको उउद्धारका लागि पहल भइरहेको जनाएको छ ।

Comments are closed.