काठमाडाैं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले लगातार दाेस्राे जित हात पारेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा मधेश प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दाेस्राे जित हात पारेकाे हाे ।
मधेशले दिएकाे ४१ रनकाे लक्ष्य एपीएफले ५ ओभर ५ बलमा पूरा गर्याे । एपीएफका लागि कप्तान सीता राना मगरले १९ र ज्याेति पाण्डेले १६ रन बनाइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेकाे मधेसले १९ ओभर २ बलमा ४० रन बनाउँदा अल आउट भएकाे थियाे । मधेशका लागि प्रतिमा साहले सर्वाधिक १५ रन बनाइन् ।
बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगरले ३ तथा रेखा रावल र सुमन विष्टले समान २-२ विकेट लिए ।
आजकाे जितसँगै एपीएफ २ खेलमा ४ अंकसहित तालिकाकाे शीर्ष स्थानमा छ । एपीएफले पहिलाे खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएकाे थियाे । लगातार दाेस्राे हारसहित मधेश अंक तालिकाकाे साताैँ स्थानमा छ ।
Comments are closed.