काठमाडाैं । नेकपा एमालेले झुलाघाट-चिवाभञ्याङ समृद्धिका लागि संकल्प यात्राकाे उपलब्धि सार्वजनिक गरेकाे छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर एमालेले संकल्प यात्राका उपलब्धि सार्वजनिक गरेकाे हाे । संकल्प यात्राकाे समीक्षा र उपलब्धि सार्वजनिक तथा सञ्चारकर्मीसँगकाे अन्तक्रिया कार्यक्रममा बाेल्दै एमाले अध्यक्ष ओलीले याे पूर्ण रुपमा सफल भएकाे बताउनुभयाे ।
जनतामा उत्साह थप्न, अहिलेकाे सरकारका कारण जनतामा बढेकाे निराशालाई आशामा बदल्न, मध्यपहाडका समस्या उजागर गरेर तिनकाे समाधान केन्द्रित याेजना बनाउन संकल्प यात्रा सफल भएकाे एमालेकाे ठहर छ ।
देशकै लागि असाधारण घटना र नयाँ शैलीकाे संकल्प यात्रालाई एमालेका नेता-कार्यकर्ता मात्र नभएर अरु पार्टी र सम्पूर्ण संघ-संस्थाले स्वीकार गरेका पनि एमालेले जनाएकाे छ ।
एमालेले गरेकाे संकल्प यात्रालाई देशले नै असाधारण घटनाक्रम मानेकाे हुनुपर्ने भन्दै अध्यक्ष ओलीले यसरी चुनाव नभएका बेला पनि जनताका माझ जाने नयाँ शैली एमालेले थालेकाे बताउनुभयाे । यी समस्या समाधानका गर्न तत्कालका लागि के गर्न सकिन्छ र दीर्घकालीन रुपमा पनि के गर्ने भन्ने याेजना बनाउनैपर्ने अध्यक्ष ओलीले बताउनुभयाे ।
संकल्प यात्राले लाेकतान्त्रिक गणतन्त्रप्रतिकाे जनसमर्थनलाई थप सुदृढ र मजबुत बनाएकाे एमालेले जनाएकाे छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा एमालेले १८ दिने संकल्प यात्रा गरेकाे थियाे । सम्बन्ध स्थानीय-सन्देश राष्ट्रिय भन्ने नारासाथ मंसिर १४ गते बैतडीकाे झुलाघाटबाट सुरु भएकाे संकल्प यात्रा पुस १ गते पाँचथरकाे चिवाभञ्ज्याङ पुगेर सम्पन्न भएकाे थियाे ।
यस्ता छन् उपलब्धि:
Comments are closed.