चितवन पर्यटन तथा हात्ती महोत्सव’को तयारी पूरा

काठमाडौं । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले १७ औं संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’को तयारी पूरा भएको छ ।विगत केही वर्षदेखि कोभिड–१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुँदैछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको १७ औँ संस्करणको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताउनुभयो ।
सोमबार संयोजक पाण्डेले हात्ती महोत्सवको लागि आवश्यक व्यवस्थापनको काम सकिएको बताउनुभयो । उहाँले महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रम रहेको बताउनुभयो । उहाँले महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवद्र्धन हुने बताउनुभयो ।
संयोजक पाण्डेले चितवन सौराहामा हात्ती विनाको पर्यटन अधुरो हुने बताउनुभयो । उहाँले चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउन समेत महोत्सवले टेवा पुग्ने बताउनुभयो । उहाँले महोत्सवमा कृषि पर्यटनसँगै जोडिका वस्तु र थारु खानाहरु सहितको स्टलहरु राखिने बताउनुभयो । उहाँले महोत्सवमा करिव १ करोड बराबरको खर्च हुने बताउनुभयो ।
महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ । पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि र हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक आउने गरेका छन् ।
May be an image of 1 person and text

Comments are closed.