अवरुद्ध बीपी राजमार्ग खुल्यो

सिन्धुली । बसमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्युपछि अवरुद्ध बनेको बीपी राजमार्ग प्रहरीले खुलाएको छ ।बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका ३, बोहोरेटारमा आज (सोमबार) बिहान बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नगरपालिका २ का २० वर्षीय सुशन राई र मोटरसाइकलको पछाडि बसेकी खोटाङकै दिक्तेल नगरपालिका १० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।
घटनापछि आकोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरी बाटो अवरुद्ध बनाएका थिए । घटनास्थल पुगेर प्रहरीले अवरुद्ध राजमार्ग खुलाएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

Comments are closed.