काठमाडाैं । नेपाली कांग्रेसले हिजो शनिबार सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गर्ने भएको छ ।
पुस १२ गतेदेखि १४ गतेसम्म चलेको बैठकका निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसाे १ बजे राखिएकाे छ । मुख्यसचिव पौडेलका अनुसार पत्रकार सम्मेलनमा पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमबारे पनि जानकारी गराइनेछ ।
बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने लगायत निर्णय गरेकाे छ ।
बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री, केन्द्रीय सदस्य र पदाधिकारीले आआफ्नाे धारणा राखेका थिए ।
Comments are closed.