कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रूपेश कोइराला

काठमाडाैं । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला नियुक्त हुनुभएकाे छ ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा काेशीका प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएकाे हाे ।

मुख्य न्यायाधिवक्ता  काेइरालालाई आजै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।

Comments are closed.