काठमाडाैं । ३४औँ राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।
सुर्खेतकाे वीरेन्द्रनगरमा रहेकाे खुलामञ्चकाे काेर्टमा बिहीबार भएकाे फाइनल खेलमा एपीएफ क्लबलाई ३-१ ले हराउँदै पुलिसले उपाधि जितेकाे हाे ।
एपीएफले पहिलाे सेट २५-२२ ले जिते पनि त्यसपछि लगातार ३ वटा सेट गुमायाे । पुलिसले दाेस्राे सेट २५-१९, तेस्राे सेट २५-१८ र चाैथाे सेट २५-२३ ले गुमायाे ।
बिहीबार बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ ।
पुस २९ गतेदेखि सुरु भएकाे प्रतियाेगितामा ३ वटा विभागीय टाेलीसँगै ७ वटा प्रदेश गरी १० वटा टाेलीकाे सहभागिता थियाे ।
Comments are closed.