केपी ओली कप फुटबल : प्रथम पुरस्कार ११ लाख, दोस्रो हुनेलाई ५ लाख रुपैँया नगद

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण खेल फागुन ११ गतेदेखि हुँदै छ ।

फागुन १९ गतेसम्म काठमाडौंमा सञ्चालन हुने खेलमा नेपालका ए डिभिजनका क्लब सहित भारत र भुटानका क्लब पनि भाग लिँदै छन् । नकआउट विधिबाट खेलाइने खेल सेमिफाइनलसम्म च्यासल रङ्गशालामा हुनेछ भने फाइनल खेल दशरथ रङ्गशालामा हुने छ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैँया नगद पुरस्कार पाउने छ । त्यस्तै दोस्रो हुने टिमले ५ लाख रुपैँया नगद पाउने छ ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेका अनुसार उत्कृष्ट खेलाडीले १ लाख रुपैँया, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ५० हजार रुपैँया नगद प्राप्त गर्ने छन् । हरेक खेलको ‘म्यान अफ दि म्याच’ले १५ हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्ने छन् ।

Comments are closed.