कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पाउनुभएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमणमा लागेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी ताेक्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । प्रधानमन्त्री प्रचण्डकाे सिफारिसमा राष्ट्रपति पाैडेलले खड्कालाई साे जिम्मेवारी ताेक्नुभएकाे हाे ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सम्हाल्नुहुने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्ड युगाण्डामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएकाे छ ।

Comments are closed.