प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडाैं । पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटवार्ता भएकाे छ ।

युगाण्डाको राजधानी कम्पलामा जारी असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति  विक्रमासिंघेबीच साइडलाइन भेटवार्ता भएकाे हाे ।

भेटमा उहाँहरुबीच दुई देशबीचकाे सम्बन्ध, द्विपक्षीय र क्षेत्रीय सहयोगलाई थप सुद‍ृढ बनाउने, कनेक्टिभिटी, पर्यटन लगायत विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

Comments are closed.