झिल्को’ बनाउँदै ‘झोला’का निर्देशक भट्टराई

काठमाडौं- ब्लकबस्टर ‘झोला’का निर्देशक यादवकुमार भट्टराईको ‘झिल्को’ घोषणा भएको छ ।

फिल्ममा सामाजिक विषयवस्तुलाई छान्ने भट्टराईले झिल्कोमा पनि सामाजिक विषयको वर्तमान जर्जर मुद्दा उठाएका छन्। ‘झिल्को’को बिहीबार गुह्येश्वरी मन्दिरमा शुभ साइत गरिएको थियो ।

चलचित्रको माघ अन्तिम हप्ताबाट काठमाडौंमा छायांकन गरिने बताइएको छ । झोला र भोरपछि निर्देशक भट्टराईको यो तेस्रो निर्देशकीय चलचित्र हो ।

उनले भने, ‘विगत ढेड बर्षदेखि निरन्तर अध्ययन र लेखन गरि हामीले तपाईमाझ निर्माणको रहेको कुरा बताउने आँट गरेका छौ । सुविधाको नाममा वर्तमान परिवार र समाज गम्भिर दुष्चक्रमा फँसेको कथालाई उठाउन गर्ने आँट गरेका छौ । एउटा राम्रो र अर्थपुर्ण चलचित्र निर्माण गर्ने दृढताका साथ हाम्रो टिमले कार्य गरिरहेको छ ।’

फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा र आयुषी ढकाल लगायतको अभिनय रहनेछ । दीपक बज्राचार्यको छायांकन र चण्डीप्रसाद काफ्लेको संगीत हुनेछ ।

निर्देशक भट्टराई निर्देशित पहिलो फिल्म ‘झोला’ सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो ।

Comments are closed.