काठमाडाैं । निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य चुनावकाे परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ।
आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर आयाेगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष साे प्रतिवेदन बुझाउनुभएकाे हाे ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन आयाेगले पेस गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
Comments are closed.