साफ यु-१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडाैं । बंगलादेशमा हुने साफ यु-१९ महिला च्याम्पियसनसिप खेल्ने नेपाली टाेलीकाे बिदाइ गरिएकाे छ ।

साेमबार आयाेजित एक कार्यक्रमबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीलाई बिदाइ गरेकाे हाे । टाेलीले मिडफिल्डर सारा बज्राचार्यको कप्तानीमा साे प्रतियाेगिता खेल्नेछ ।

टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल साहुखल, सहायक प्रशिक्षकमा गंगा गुरुङ र श्यामसुन्दर सिंह हुनुहुन्छ । गोलकिपिङ प्रशिक्षकमा शैलेश कर्माचार्य र व्यवस्थापकमा इन्दु दुवाल हुनुहुन्छ ।

शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा नेपालले साविक विजेता बंगलादेश, भारत र भुटानसँग खेल्नेछ । नेपालले पहिलाे खेल घरेलु टाेली बंगलादेशसँग खेल्नेछ । नेपालले आइतबार भारत र समुह चरणको अन्तिम खेलमा मंगलबार भुटानसँग खेल्नेछ।

प्रतियोगिताका सबै खेल ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्ताफा कमल रंगशालामा हुनेछन् ।

यस्ताे छ नेपाली टोली :

गोलरक्षक : सुजाता तामाङ, करुण बुढाथोकी, लीला जोशी

डिफेन्डर :  दिभ्या यस्माइली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई र माया मास्के

मिडफिल्डर : बिर्सना चौधरी, जुना विश्वकर्मा, सार्हा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ

फरवार्ड : सेनु परियार, सुक्रिया मिया, बर्षा वली, लीला चन्द, पुर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान

Comments are closed.