यु-१९ विश्वकप क्रिकेट : सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दै

काठमाडाैं । आईसीसी यु-१९ विश्वकप क्रिकेटको सुपर सिक्सकाे अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।
नेपाल र भारतबीचकाे खेल दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि भएको सुपर सिक्सको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । समूह चरणमा नेपाल पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको थियो ।
सेमिफाइनल पुग्ने नेपालकाे सम्भावना सुपर सिक्सअघि नै सकिएको थियो

Comments are closed.